FAQs Complain Problems

समाचार

Pages

बेसीशहर नगरपालिकाको वेबसाइटमा स्वागत छ

बेसीशहर नगरपालिकाको कुल जनसंख्याको (४४५९७)४९% महिला छन् भने ५१% पुरुष छन् । कुल जनसंख्याको ७४.९८% जनसंख्या हिन्दु छन् जसमा क्षत्री जतिको बाहुल्यता रहेको पाइयो । मातृभाषाको हकमा ८०.३३% जनसंख्याको मातृभाषा नेपाली देखियो । नगरपालिकाको शैक्षिकस्तरको हकमा ८.८८% जनसंख्या लेखपढ गर्न नसक्ने देखिन्छ भने ७७.५४% जनसंख्या औपचारिक शिक्षा हासिल गरेका वा गर्दै गरेका देखिन्छ । बसोबासको हकमा ७८.१६% जनसंख्या बेसीशहर नगरपालिकामा स्थायी रुपमा बसोबास गरेको पाइयो भने २१.८४% जनसंख्या नगरपालिका बाहिर स्वदेश वा विदेशमा बस्ने गरेको पाइयो । बेसीशहर नगरपालिकामा बसोबास गर्ने जनसंख्याको मुख्य पेसाका रुपमा कृषि तथा पशुपालन देखियो । कुल जनसंख्याको १२.७८% जनसंख्या कृषि तथा पशुपालनमा आवद्ध छन् । वैवाहिक स्थितिको हकमा ३०.७६% जनसंख्या अविवाहित छन् । कुल जनसंख्याको ८८.२२% जनसंख्या स्वस्थ रहेको पाइयो यस्तैगरी कुल जनसंख्याको ९६.९५% जनसंख्यामा कुनै किसिमको अपाङ्गता नरहेको देखिन्छ ।

विगत १ वर्षदेखि बेसीशहर नगरपालिकामा ३१८ जनाको मृत्यु भएको देखिन्छ जसमा ५५.९७% पुरुष र ४४.०३% महिला छन् । मृत्युको मुख्य कारण दीर्घरोग देखिएको छ । जसमा कुल मृत्यु भएकोमा ५७.८६% दीर्घरोग कारक भएको देखिन्छ ।

बेसीशहर नगरपालिकामा कुल ९८३५ परिवार रहेको देखिन्छ जसमा परिवारमूलीका रुपमा ६३.३८% पुरुष छन् भने ३६.६१% महिला छन् । कुल परिवारमध्ये ७६.५३% परिवारको नगरपालिकाभित्र घर भएको देखिन्छ भने २३.४४% नगरपालिकाभित्र घर नरहेको देखिन्छ । नगरपालिकाभित्र घर नभएकाहरु भाडाका वा संस्थागत घरमा बस्ने गरेको पाइयो र यस्ता पविवारमध्ये ५१.४% परिवारको नगरपालिकाबाहिर अन्यत्रै घर रहेको देखिन्छ । बेसीशहर नगरपालिकामा ११.३% परिवारको कतै पनि घर नभएको देखिन्छ । कुल परिवार संख्याको ४५.६८% परिवार ३ देखि ४ वटा कोठामा आफ्नो परिवारको गुजारा गर्दै आएका छन् । नाराग्पलिकाभित्र कुल परिवार बसोबास गर्ने परिवारमध्ये ५६.१३% परिवारको घरको छाना जस्ता, टिन वा च्यादरले छाएको देखिन्छ भने ४९.४८% परिवारको घरको जग माटोको जोडाई भएको इँटा/ढुंगाले बनेको छ । यस्तैगरी ५७.५०% परिवारको घरको पर्खाल सिमेन्टको जोडाई भएको इँटा/ढुंगाले बनेको देखिन्छ ।

बेसीशहर नगरपालिकामा जोखिमको कुरा गर्दा ४७.३६% परिवारले आफू बसोबास गर्ने ठाउँमा कुनै किसिमको जोखिम नरहेको जनाएका छन् भने ४१.८०% परिवारले भूकम्पको जोखिम रहेको जनाएका छन् ।

बेसीशहर नगरपालिकामा मात्र २३.६२% परिवारले आफ्नो घरसम्म पुग्ने बाटोको अवस्था पक्की/कालोपत्रे रहेको जनाएका छन् । अन्य परिवारको घरसम्म पुग्ने बाटोको अवस्था सन्तोषजनक नरहेको जनाएका छन् । यस्तैगरी नगरपालिकामा मुख्य पानीको स्रोतका रुपमा घरमा जडित पाइप धारा रहेको देखिन्छ । कुल परिवार संख्याको ७७.७०% परिवारको घरमै पानीको पाइप रहेको जनाएका छन् । नगरपालिकामा पिउने पानी शुद्धीकरणका लागि कुल परिवारको ७४.६८% परिवारले केही नगर्ने जनाएका छन् भने मात्र ३५.३२% परिवारले शुद्धीकरण विधि अपनाउने गरेको पाइयो ।

बेसीशहर नगरपालिकामा फोहोर-मैला व्यवस्थापनको हकमा कुल परिवार संख्याको १८.७२% परिवारले फोहोर-मैला अव्यवस्थित रुपले खोल्सामा तथा सार्वजनिक स्थलमा फाल्ने गरेको पाइयो । यस्तैगरी घरबाट निस्किने फोहोर पानीको हकमा कुल परिवार संख्याको १०.१४% परिवारले फोहोर पानी अव्यवस्थित रुपले खोल्सामा तथा सडक वा सार्वजनिक स्थलमा फाल्ने गरेको पाइयो । बेसीशहर नगरपालिकामा कुल परिवार संख्याको १.४३% परिवारको घरमा शौचालय नभएको देखिन्छ ।

बेसीशहर नगरपालिकामा खाना पकाउन इन्धनका रुपमा मुख्य गरी एल.पी. ग्यास र दाउरा देखिन्छ । कुल परिवार संख्याको ९७.३२% परिवारले एल.पी. ग्यास र दाउरा प्रयोग गरेको पाइयो र कुल परिवार संख्याको ९८.७६% परिवारले बत्तीको मुख्य स्रोतका रुपमा बिधुत प्रयोग गरेको पाइयो ।

बेसीशहर नगरपालिकामा धेरैजसो सर्वसाधारणले साधन/सुविधाहरुको प्रयोग गरेको पाइयो । मुख्य रुपमा टेलिफोन वा मोबाइल प्रयोग गरेको पाइयो जसमा कुल परिवार संख्याको ९२.८८% परिवारले प्रयोग गर्ने गरेका छन् । यस्तैगरी ७०.७२% परिवारले टेलिभिजन प्रयोग गर्ने गरेका छन् ।

परिवारको जग्गाको स्वामित्वको हकमा बेसीशहर नगरपालिकाभित्र कुल क्षेत्रफलमध्ये परिवारको स्वामित्वमा रहेको कुल जग्गा ४०९५८.४९ रोपनी रहेको देखिन्छ । कुल परिवार संख्याको ५४.१४% परिवारले मात्र कृषिको लागि जग्गा प्रयोग गरेको पाइयो । यस्ता परिवारहरुमा, मात्र ३१.१०% परिवारलाई आफूले उब्जाउ गरेको अन्न/बालीबाट ९ देखि १२ महिना खान पुग्ने देखिन्छ ।

बेसीशहर नगरपालिकामा मुख्य रुपमा उब्जाउ हुने बालीमध्ये अन्नबाली, तरकारी र नगदेबाली रहेको देखिन्छ । यस्तैगरी चौपाया तथा पशुपक्षी पालनको हकमा कुल चौपाया तथा पशुपक्षी पालेको परिवारमध्ये मुख्य रुपमा बाख्रा/भेडा, खसी/बोका, राँगा-भैंसी, पाडापाडी, कुखुरा/हाँस र गाई/गोरु पालेको देखिएको छ । 

कुल परिवार संख्याको ८४.२७% परिवारको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिन्छ भने कुल परिवार संख्याको ३७.३४% परिवारले ऋण लिएको पाइयो ।

बेसीशहर नगरपालिकामा परिवारको मुख्य आम्दानीको स्रोतका रुपमा कृषि तथा पशुपालन देखिएको छ । कुल परिवार संख्याको ३६.५५% परिवारले सो पेसाबाट जिविकोपार्जन गर्ने गरेको पाइयो भने २९.८१% परिवारको आम्दानीको स्रोतका रुपमा वैदेशिक रोजगार रहेको पाइयो । यस्तैगरी अन्य आम्दानीको स्रोतका रुपमा नोकरी/जागिर, पेन्सन, व्यापार/ व्यवसाय.. आदि रहेको पाइयो ।

बेसीशहर नगरपालिकामा कुल परिवार संख्याको १०.०९% परिवारको सदस्यले विगत ३ वर्षमा व्यावसायिक सीप/तालिम हासिल गरेका छन् । यस्तो सीप/तालिम प्राप्त गर्ने पुरुषमध्ये सबैभन्दा धेरै निर्माणसम्बन्धी तालिम लिएको पाइयो भने महिलाको हकमा सीप/तालिम प्राप्त गर्नेमध्ये सबैभन्दा धेरै सिलाइ-बुनाई, बुटिक,शृंगार, पार्लर आदि सम्बन्धी तालिम लिएको पाइयो ।

बेसीशहर नगरपालिकामा कुल परिवार संख्यामध्ये धेरै परिवारहरुले सरकारी जानकारी तथा डाटाहरु प्राप्त गर्न उपयुक्त मध्यम टेलिभिजन, मोबाइल एप्लिकेसन, रेडियो, स्थानीय राजनीतिक नेताहरु, समाचारपत्र /पत्रपत्रिकाहरु, सरकारी अधिकारीहरु, वेबसाइटहरु, पोस्टर तथा पम्प्लेट.. आदि मुख्य रुपमा जनाएका छन् । यस्तैगरी बेसीशहर नगरपालिकामा टोल, छिमेक तथा समाजका लागि नगरपालिकाले गर्नुपर्ने काम तथा सहयोगसम्बन्धी मुख्य रुपमा सडक निर्माण तथा स्तरोन्नति, सीपमूलक तालिम र खानेपानी आपूर्तिको व्यवस्था हुनुपर्ने जनसरोकार छ ।

 

१.१.वडाका आधारमा जनसंख्या विवरण

 

बेसीशहर नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या भएको वडाका रुपमा वडा ७ रहेको देखिन्छ । यस वडामा नगरपालिकाको कुल जनसंख्याको १९.५१% जनसंख्या छ । वडा ८ भने सबैभन्दा धेरै जनसंख्या भएको वडामध्ये दोस्रो स्थानमा छ । यस वडामा नगरपालिकाको कुल जनसंख्याको १६.६५% जनसंख्या छ । यस्तैगरी बेसीशहर नगरपालिकामा सबैभन्दा थोरै जनसंख्या भएको वडाको रुपमा वडा ९ रहेको देखिन्छ । यस वडामा नगरपालिकाको कुल जनसंख्याको ५.२२% जनसंख्या छ । अन्य वडाहरुको जनसंख्याको विवरण निम्न तालिकामा उल्लेखित छ ।

 

वडा नं:

संख्या

प्रतिशत

२७७७

६.२३

४२२१

९.४६

३४११

७.६५

१३७५

३.०८

१८३०

४.१०

२७५२

६.१७

८७०३

१९.५१

७८७२

१७.६५

२३२६

५.२२

१०

३३४७

७.५०

११

५९८३

१३.४२

जम्मा

४४५९७

१००

 

१.२.उमेरको आधारमा जनसंख्या विवरण

बेसीशहर नगरपालिकामा कुल जनसंख्याको २२.७२% जनसंख्या १४ वर्ष वा सोभन्दा मुनिका बालबालिका रहेको देखिन्छ र १९.८५% जनसंख्या १५ वर्ष देखि २४ वर्षसम्म रहेको देखिन्छ । यस्तैगरी २५ वर्षदेखि ३४ वर्ष उमेर समूहको जनसंख्या १९.०६% रहेको देखिन्छ भने १३.४७% जनसंख्या ३५ वर्षदेखि ४४ वर्षसम्म रहेको देखिन्छ । २४.८९% जनसंख्या ४५ वर्ष वा सोभन्दा माथि रहेको देखिन्छ ।

उमेर समूह

संख्या

प्रतिशत

१ वर्षभन्दा सानो

506

1.13

(१-१४)

9630

21.59

(१५-२४)

8852

19.85

(२५-३४)

8498

19.06

(३५-४४)

6008

13.47

(४५-५४)

4395

9.85

(५५-६४)

3308

7.42

(६५-७४)

2097

4.70

७५ वर्षभन्दा माथि

1303

2.92

जम्मा

४४५९७

१००

वडाका आधारमा उमेरको विवरण

बेसीशहर नगरपालिकाको वडा १, २, ४, ७, ८ र ११ मा १ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको जनसंख्या अन्य उमेर समूहभन्दा धेरै देखिन्छ भने वडा ३, ५, ६, ९ र १० मा १५ वर्षदेखि २४ वर्ष उमेर समूहका जनसंख्या अन्य उमेर समूहभन्दा धेरै देखिन्छ ।

 

 

वडा नं:

उमेर (वर्षमा)

१ वर्षभन्दा सानो

(१-१४)

(१५-२४)

(२५-३४)

(३५-४४)

(४५-५४)

(५५-६४)

(६५-७४)

७५+

 
 

1

संख्या

26

567

538

566

343

271

232

131

103

 

प्रतिशत

0.9

20.4

19.4

20.4

12.4

9.8

8.4

4.7

3.7

 

2

संख्या

26

852

798

779

564

455

347

247

153

 

प्रतिशत

0.6

20.2

18.9

18.5

13.4

10.8

8.2

5.9

3.6

 

3

संख्या

35

651

716

639

454

396

259

183

78

 

प्रतिशत

1.0

19.1

21.0

18.7

13.3

11.6

7.6

5.4

2.3

 

4

संख्या

9

283

251

259

148

166

112

98

49

 

प्रतिशत

0.7

20.6

18.3

18.8

10.8

12.1

8.1

7.1

3.6

 

5

संख्या

16

330

378

309

210

179

204

141

63

 

प्रतिशत

0.9

18.0

20.7

16.9

11.5

9.8

11.1

7.7

3.4

 

6

संख्या

44

542

584

460

349

305

211

156

102

 

प्रतिशत

1.6

19.7

21.2

16.7

12.7

11.1

7.7

5.7

3.7

 

7

संख्या

90

2177

1767

1810

1269

739

451

230

170

 

प्रतिशत

1.0

25.0

20.3

20.8

14.6

8.5

5.2

2.6

2.0

 

8

संख्या

104

1896

1525

1655

1258

665

412

207

150

 

प्रतिशत

1.3

24.1

19.4

21.0

16.0

8.4

5.2

2.6

1.9

 

9

संख्या

27

475

488

438

265

243

209

117

64

 

प्रतिशत

1.2

20.4

21.0

18.8

11.4

10.4

9.0

5.0

2.8

 

10

संख्या

45

593

667

542

409

368

333

240

150

 

प्रतिशत

1.3

17.7

19.9

16.2

12.2

11.0

9.9

7.2

4.5

 

11

संख्या

84

1264

1140

1041

739

609

538

347

221

 

प्रतिशत

1.4

21.1

19.1

17.4

12.4

10.2

9.0

5.8

3.7

 

वडाका आधारमा जातजातिको विवरण

वडाका आधारमा जातजातिको विवरण हेर्दा वडा १, २, ३, ६, र ९ मा क्षत्री जातिको बाहुल्यता देखिन्छ भने वडा ४, ५, ७, ८ र १० मा गुरुङ जातिको बाहुल्यता देखिन्छ । यस्तैगरी, वडा ११ मा भने बाह्मण जातिको बाहुल्यता देखिन्छ ।

 

 

    जातजाति

वडा नं:

1

2

3

4

5

6

7

8

9

10

11

 
 

क्षत्री

संख्या

745

2216

830

6

19

1693

2242

1501

1066

654

1284

 

प्रतिशत

26.8

52.5

24.3

0.4

1.0

61.5

25.8

19.1

45.8

19.5

21.5

 

गुरुङ

संख्या

479

636

173

1099

967

277

3766

2471

570

1196

89

 

प्रतिशत

17.2

15.1

5.1

79.9

52.8

10.1

43.3

31.4

24.5

35.7

1.5

 

बाह्मण

संख्या

414

182

549

111

0

23

436

797

38

107

2090

 

प्रतिशत

14.9

4.3

16.1

8.1

0.0

0.8

5.0

10.1

1.6

3.2

34.9

 

कामी

संख्या

210

359

274

29

195

212

443

368

338

279

387

 

प्रतिशत

7.6

8.5

8.0

2.1

10.7

7.7

5.1

4.7

14.5

8.3

6.5

 

तामाङ

संख्या

22

22

47

81

344

124

621

655

21

532

485

 

प्रतिशत

0.8

0.5

1.4

5.9

18.8

4.5

7.1

8.3

0.9

15.9

8.1

 

सार्की

संख्या

291

68

662

4

104

147

18

447

110

121

592

 

प्रतिशत

10.5

1.6

19.4

0.3

5.7

5.3

0.2

5.7

4.7

3.6

9.9

 

नेवार

संख्या

229

67

206

8

0

19

417

681

16

40

455

 

प्रतिशत

8.2

1.6

6.0

0.6

0.0

0.7

4.8

8.7

0.7

1.2

7.6

 

दमाईं

संख्या

157

228

377

7

150

147

253

152

94

208

228

 

प्रतिशत

5.7

5.4

11.1

0.5

8.2

5.3

2.9

1.9

4.0

6.2

3.8

 

मगर

संख्या

170

439

165

0

46

66

99

283

11

100

126

 

प्रतिशत

6.1

10.4

4.8

0.0

2.5

2.4

1.1

3.6

0.5

3.0

2.1

 

मुसलमान

संख्या

0

2

0

0

0

0

159

198

0

0

0

 

प्रतिशत

0.0

0.0

0.0

0.0

0.0

0.0

1.8

2.5

0.0

0.0

0.0

 

घर्ती/भुजेल

संख्या

41

0

102

28

1

32

47

81

59

97

184

 

प्रतिशत

1.5

0.0

3.0

2.0

0.1

1.2

0.5

1.0

2.5

2.9

3.1

 

अन्य

संख्या

16

0

25

1

1

8

66

110

3

13

55

 

प्रतिशत

0.6

0.0

0.7

0.1

0.1

0.3

0.8

1.4

0.1

0.4

0.9

 

मधेसी

संख्या

3

2

1

1

3

5

136

128

0

0

8

 

प्रतिशत

0.1

0.0

0.0

0.1

0.2

0.2

1.6

1.6

0.0

0.0

0.1

 

१.६.मातृभाषाका आधारमा जनसंख्या विवरण

माथि उल्लेखित बारग्राफ बाट पनि के प्रस्ट हुन्छ भने बेसीशहर नगरपालिकामा नेपाली मातृ भाषी सबैभन्दा धेरै छन् । बेसीशहर नगरपालिकाको कुल जनसंख्याको ८०.३३% जनसंख्याको मातृभाषा नेपाली रहेको देखिन्छ । यस्तैगरी १४.८७% जनसंख्याको मातृभाषा गुरुङ रहेको देखिन्छ भने मात्र ३.४३% जनसंख्याको मातृभाषा तामाङ रहेको देखिन्छ ।

मातृभाषा

संख्या

प्रतिशत

नेपाली

35827

80.33

गुरुङ

6632

14.87

तामाङ

1528

3.43

नेवार

230

0.52

मगर

189

0.42

मधेसी (भोजपुरी, मैथली, अवधी)

153

0.34

अन्य

39

0.09

जम्मा

४४५९८

१००%