NEWS
बेसीशहर नगरपालिकाभित्र सामुदायिक तथा घरपालुवा कुकुर वन्ध्याकरण अभियान सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न
आज मिति २०८२ साल माघ २६ गते सोमबारका दिन बेसीशहर नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र,
लमजुङकाबीच बेसीशहर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा घरपालुवा कुकुर वन्ध्याकरण अभियान सञ्चालनका लागि
समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार दुवै पक्षबाट दुई/दुई लाख बजेट खर्च गरिनुका साथै प्राविधिक
जनशक्ति व्यवस्थापन गरी फाल्गुण मसान्तभित्र उक्त अभियान सञ्चालन गरिने छ । यस कार्यक्रमले बेसीशहर नगरपालिका
क्षेत्रभित्र तीव्र रुपले बृद्धि भइराखेको सामुदायिक कुकुरको संख्यालाई नियन्त्रण गर्न सघाउ पुग्नेछ। यस सम्झौतामा बेसीशहर
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारी र भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, लमजुङका प्रमुख
डा. सुनिल न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो भने उक्त कार्यक्रममा बेसीशहर नगरपालिकाका नगर प्रमुख श्री गुमानसिंह
अर्याल, उपप्रमुख श्री पद्मा गुरुङ तथा पशुसेवा शाखा प्रमुख श्री युवराज सुनारको समेत उपस्थिति रहेको थियो ।