NEWS
मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम
“मानसिक स्वास्थ्य समस्याबारे खुला संवाद गरौँ, कलंक हटाऔँ र आवश्यक परेमा विशेषज्ञको सहयोग लिन प्रोत्साहन गरौँ। हाम्रो सानो चासो र साथले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।” भन्ने सन्देशका साथ बेसीशहर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा संघीय सशर्त अनुदानअन्तर्गत मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रम मिति २०८३ जेठ २ गते र १२ गते बेसीशहर नगरपालिका वडा नं. ६ र १० मा सञ्चालन गरिएको थियो, जसमा जम्मा ७७ जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता श्री गीता घलेज्यूले सहजीकरण गर्नुभएको थियो।