NEWS
१ दिने निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम , मिति २०८३ वैशाख २२ गते
बेसीशहर नगरपालिका पशुपंन्छी तथा मत्स्य विकास शाखाको चालु आ.व.२०८२/०८३ को बार्षिक स्वीकृत शिविर संचालन कार्यक्रम अन्तर्गत १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम मिति २०८३ वैशाख २२ गते बेसीशहर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष श्री शिव प्रसाद जोशीको अध्यक्षतामा बुढीकुवामा संचालन गरियो।जसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा शाखामा कार्यरत प्राविधिक टोलीहरुबाट ७७ जना पशु पालक कृषकको बाख्रा ४०२, भैसी ६८, गाई/गोरु १३, बगुर ५, कुखुरा ४८५ र कुकुर ५ वटा गरी जम्मा ९७८ वटा पशुपंन्छीहरुलाई औषधी उपचार तथा परामर्श सेवा प्रदान गरियो ।