समाचार
विश्व उच्च रक्तचाप दिवस २०२६
विश्व उच्च रक्तचाप दिवस २०२६ (मे १७) को अवसरमा “उच्च रक्तचापलाई समयमै नियन्त्रण गरौँ, नियमित रूपमा रक्तचाप जाँचौँ, मौन घातकलाई पराजित गरौँ” भन्ने नाराका साथ बेसीशहर नगरपालिका–१० स्थित खासुर गाउँमा स्वास्थ्य शाखाको आयोजनामा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा समुदायका नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। सो अवसरमा उच्च रक्तचाप सम्बन्धी जानकारी, यसको जोखिम न्यूनीकरणका उपायहरू तथा नियमित रक्तचाप परीक्षणको महत्वबारे छलफल गरिएको थियो।
दिवसको अवसरमा ४३ जनाको रक्तचाप परीक्षण गरिएकोमा ८ जनामा उच्च रक्तचाप देखिएको थियो भने बाँकी सबैको रक्तचाप सामान्य रहेको थियो।