समाचार
पुरानो मौरी मिनिपकेट निरन्तरता कार्यक्रम २०८२/०९/१७
बेशिसहर नगरपालिका कृषि विकास शाखाको आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम “पुरानो मौरी मिनिपकेट निरन्तरता” अन्तर्गत मिनिपकेट सञ्चालन गर्दै आएको वडा नं. ६, पुमा गाउँमा अवस्थित सफल कृषक समूहको २०८२/०९/१७ गते नगर उपप्रमुखज्यूको संयोजकत्वमा नगरस्तरीय अनुगमन गरी समूहको निर्णय बमोजिम गोला वृद्धि गर्ने उद्देश्यका साथ ८ जना कृषकलाई ५०% अनुदानमा जम्मा २३ वटा मौरीका खालीघार वितरण गरिएको छ।