समाचार
बेसीशहर नगरपालिका र पालिकाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा कार्यरत कार्यालय सहयोगी कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
बेसीशहर नगरपालिकाको आ.व. २०८२/८३ को वार्षिक नगर विकास योजना अनुरुप यही मिति २०८३।०२।३१ गते बेसीशहर नगरपालिका र पालिकाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा कार्यरत कार्यालय सहयोगी कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। नगर उपप्रमुख श्री पद्म गुरुङ ज्यूको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारी ज्यूको विशेष अतिथि र स्वास्थ्य शाखा प्रमुख श्री मनोज सिंह बोहरा ज्यूको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।